जिल्ला अस्पताल संखुवासभा संखुवासभाको जिल्लाको खाँदबारी नगरपालिका वडा नं १ मा अवस्थित रहेको छ। यो अस्पताल वि.स. २०३३ सालमा १५ शैयाको अस्पतालको रुपमा स्थापना भई वि.स. २०७४ सालमा ५० शैयाको अस्पतालमा अपग्रेड भएको हो।हाल यस अस्पतालले बहिरङ्ग,अन्तरङ्ग,आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजि सेवा, फार्मेसी सेवा, प्रसुति सेवा, शल्यक्रिया द्धारा प्रसुति सेवा, सामान्य शल्यक्रिया सेवा ,आई सि यु, NICU,SNCU सेवा , फिजियोथेरापी सेवा ,MCH Clinic, ART सेवा,पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग सेवा, Hemodialysis सेवा ,इन्डोसकोपी र इको कार्प्रडियो सेवा प्नदान गरिरहेको छ। कोशी प्रदेश को हिमाली भेगको यो अस्पतालले थप बिशेसज्ञ सेवा पनि प्रदान गरिरहेको छ ।